प्रसूति पश्चात महिलाको निधन, पीडित परिवारलाई वृहेश्वर चौधरीद्वारा आर्थिक सहयोग

73

वीरगञ्ज, २१ वैशाख — जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलाको प्रसूति पश्चात उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा निधन भएको छ। हिजो बेलुका गर्भवती अवस्थामा अस्पताल भर्ना गरिएकी ती महिलाको शल्यक्रिया मार्फत शिशुलाई सुरक्षित बचाउन सफल भए पनि आमाको ज्यान जोगाउन नसकिएको परिवारजनले बताएका छन्।

मृतकका यस अघि नै तीन जना छोरी रहेको र नवजात शिशुसँगै परिवारमा अब चार सन्तान भएका छन्। आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारलाई शव गाउँसम्म लैजान एम्बुलेन्स व्यवस्थापन तथा अन्त्येष्टि खर्च जुटाउन समेत कठिनाइ भएको थियो।

घटनाबारे जानकारी पाएपछि समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वृहेश्वार प्रसाद चौधरीले पीडित परिवारलाई राहतस्वरूप रु ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।

चौधरीले शव व्यवस्थापनका लागि एम्बुलेन्स आवश्यक परेपछि सम्बन्धित चालकसँग समन्वय गर्ने प्रयास गरिएको तर शव बोक्न नमिल्ने जानकारी प्राप्त भएको बताएका छन्। त्यसपछि पीडित परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनले जनाएका छन्।

मृत आत्माको चिरशान्तिको कामना गर्दै स्थानीयवासीले पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.