उपचाररत पीडित परिवारलाई सहयोगको अपिल, बृजकिशोर चौधरीले दिए रु. ५ हजार
वीरगञ्ज, असार २५
पर्साको जगरनाथपुर गाउँपालिका–५ निवासी एक बिरामी पीडित परिवारलाई समाजसेवी बृजकिशोर चौधरीले रु. ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गर्दै उपचारका क्रममा परिवार आर्थिक अभावमा रहेको जानकारी दिएका छन्। हाल ती बिरामी काठमाडौंस्थित एक अस्पतालमा उपचाररत छन्।
पीडित परिवारको उपचारका लागि थप आर्थिक सहयोग आवश्यक रहेकाले इच्छुक सहयोगदाताहरूलाई सक्दो सहयोग गर्न अपिल गरिएको छ। सहयोग गर्न चाहने व्यक्तिले ९८०९६५२१६० नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ।
“थोरै–थोरै सहयोगले पनि ठूलो राहत पुग्न सक्छ” भन्ने विश्वासका साथ सबैलाई मानवीय सहयोगमा सहभागी हुन अनुरोध गरिएको छ।