सशस्त्र प्रहरी पर्साको टोलीद्वारा ४ हजार ५ सय प्रतिबन्धित कुखुराका चल्ला बरामदगरी नष्ट

68

वीरगञ्ज, ३० साउन आनन्द पटेल। सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ४ हजार ५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवागुठी स्थित सशस्त्र प्रहरी बलको बीओपी अमरपट्टीबाट खटिएको टोलीलाई देखेपछि भारतबाट अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरेका व्यक्तिहरू चल्ला छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरीले घटनास्थलबाट ४५ कार्टुनमा रहेका ४ हजार ५ सय गोटा चल्ला नियन्त्रणमा लिएको थियो। बरामद चल्लाको अनुमानित मूल्य ३ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

पशु क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको रोहबरमा शनिबार दिउँसो ३ः५० बजे ती चल्लालाई नियमानुसार नष्ट गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.