बृजेश्वर चौधरीद्वारा विपन्न परिवारलाई श्राद्धकार्यका लागि ५ बोरा खाद्यान्न र नगद सहयोग

62

वीरगञ्ज आनन्द पटेल।

जगरनाथपुर गाउँपालिका–४ का एक अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी ब्रिजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा नगद सहयोग गरेका छन्।

चौधरीले आफ्नो तर्फबाट ३ हजार रुपैयाँ नगदसहित २ बोरा चामल र ३ बोरा चिउरा गरी कुल ५ बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्। श्राद्धकार्यका लागि आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको चौधरीले बताए।

चौधरीले विपन्न तथा एकल महिलाहरूलाई आवश्यक पर्दा आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि समस्यामा परेकाहरूका लागि आफ्नो घरको ढोका सधैं खुला रहने बताए।

लामो समयदेखि सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएका चौधरीले यस अघि पनि विपन्न तथा समस्यामा परेका परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन्। उनको निरन्तर सामाजिक सक्रियताले स्थानीयस्तरमा लोकप्रियता बढ्दै गएको स्थानीयवासीको भनाइ छ।

युवा, महिला तथा स्थानीय समुदायका विभिन्न व्यक्तिहरूले पनि चौधरीको सामाजिक योगदानलाई सकारात्मक रूपमा लिँदै उनलाई समाजको महत्वपूर्ण अंगका रूपमा हेर्न थालेका छन्।

सहयोग हस्तान्तरणका क्रममा चौधरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गमा स्थान प्राप्त होस् भन्ने प्रार्थना गरेका छन्।

Leave A Reply

Your email address will not be published.