रसुवा बाढीपीडितका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिको २ लाख ११ हजार सहयोग

49

वीरगञ्ज, भदौ २९ ।

रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

समितिले उक्त रकमको चेक पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो। विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको समितिले जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा सांसद कानुसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका युवा नेता सुधीर पटेल र राम आर्यको उपस्थिति रहेको थियो।

कार्यक्रममा गहवामाई तीर्थ विकास क्षेत्र समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मी नारायण गुप्ता, कोषाध्यक्ष रवि शंकर बरनवाल तथा सदस्यहरू सीताराम उपाध्याय र अनुप अग्रवाल सहभागी थिए।

रकम हस्तान्तरणपछि सांसद कानुले रसुवा बाढीपीडितका लागि सहयोग गरेकोमा गहवामाई तीर्थ विकास क्षेत्र समिति तथा सहयोगमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै उहाँले राहत तथा पुनःस्थापनाका लागि प्राप्त सहयोगले पीडित परिवारलाई राहत पुग्ने उल्लेख गर्नुभयो।

समितिले धार्मिक तथा सामाजिक दायित्व अन्तर्गत विपद्का समयमा पीडित परिवारलाई सहयोग गर्दै आएको जनाएको छ। रसुवाका बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोष मार्फत रकम उपलब्ध गराइएको समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.