रक्तदान मार्फत जीवन बचाउने अभियानमा न्यू राव इन्टरप्राइजेज, ४६ जनाले गरे रक्तदान

57

वीरगञ्ज, २४ असोज आनन्द पटेल ।

पर्साको वीरगञ्ज स्थित ड्राइपोर्ट चोकमा शुक्रबार आयोजित खुला रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन्। न्यू राव इन्टरप्राइजेजको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरूले उत्साह पूर्वक रक्तदान गरेका हुन्।

कार्यक्रममा रक्तदान गर्नेहरूमा राम सिंह, अक्लेश पटेल, सन्दीप पटेल, बिन्देश्वर पटेल, विनय साह, अजय सोनार, अनिल  पटेल लगायत रहेका छन्।

रगतको अभावमा रहेका बिरामीलाई उपचारका क्रममा आवश्यक रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले यस्ता कार्यक्रमले समाजमा सहयोग र सेवाभावको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता न्यू राव इन्टरप्राइजेजका सञ्चालक राम सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रहरी वरिष्ठ नायब निरीक्षक तथा सिर्सिया प्रहरी चौकीका इन्चार्ज केदार तिमल्सिना सहभागी भएका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वृजकिशोर पटेलको उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी पर्सा तथा रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेस हितको टोलीले प्राविधिक सहयोग गरेको थियो।

आयोजक न्यू राव इन्टरप्राइजेजले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा ४६ जनाले रक्तदान गर्नुले रक्तदानप्रतिको जनचेतना र सामाजिक सेवाभावलाई थप प्रोत्साहन गरेको छ। यस्ता कार्यक्रमले रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता

बढाउन तथा आवश्यक परेका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.