नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न: पत्रकारहरुको हकहितका लागि कुनै कसर बाकी नराख्ने अध्यक्ष बन्जाराको प्रतिबद्धता

51

वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्यसमितिको ऐतिहासिक पदस्थापन कार्यक्रम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष श्याम बञ्जाराले पदभार ग्रहण गर्दै आउँदो साधारण सभा आफनै भवनमा गर्ने प्रतिबद्धता जनाए । साथै उनले पत्रकारहरुकाो हकहितका लागि पत्रकारहरुको सामाजिक सुरक्षा कोषको स्थापना गर्न कुनै कसर बाकी नराख्ने उनले बताए ।

अध्यक्ष बञ्जाराले लोककल्याणकारी विज्ञापनको लागि मधेश प्रदेश सरकारलाई आग्रह गर्ने, पत्रकारहरुको स्वाथ्य विमा, उनिहरुको  छोराछोरीलाई शिक्षमा विषेश छुट दिलाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धीको लागि विभिन्न तालिमहरुको आयोजना गर्ने जस्ता विषयहरु उठान गरे । साथै उनले आफनो नेतृत्को टिमले वाचा गरेका कुराहरु पुरा गरेर देखाउने र मदताहरुको मतको कदर गर्दै अगाडी बढने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका पूर्व पदाधिकारीहरूको समेत सहभागिता रहेको यस कार्यक्रमलाई ऐतिहासिक मानिएको छ ।

पदस्थापन समारोहमा मुख्यमन्त्री सिंहले पत्रकारिताले समाजलाई सुसूचित गर्न मात्र नभई लोकतन्त्रलाई मजबुत बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले मधेस प्रदेशमा पत्रकारिताको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।

महासङ्घका पदाधिकारीहरूले आफ्ना पदभार ग्रहण गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागीहरूले मधेसको संस्कृति झल्काउने पोसाकले पत्रकारिताको माध्यमबाट सांस्कृतिक पहिचानलाई अझ प्रवर्द्धन गर्ने सन्देश दिएको बताए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जरा, उपाध्यक्ष ९महिला० ज्योती झा, महासचिव शैलेन्द्र महतो ९क्रान्ति०, सदस्य ९दलित० बिनोद परियार लगायतका नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँगै प्रतिनीधि सभा सदस्य प्रभु हजरा, नेपाल पत्रकार महासंघका लेखा समिति सदस्य केसी लामिछाने, महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्व सचिव दिपेन्द्र चौहान लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.