प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको नव निर्मित भवन उद्घाटन
बारा, साउन १०
बाराको परवानीपुर गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको आज एक भव्य समारोहका बीच सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा पानीको प्रशस्त स्रोत भए पनि त्यसको उचित व्यवस्थापन नभएकाले उत्पादनमा कमी आएको उल्लेख गर्दै खेतिपाती र सिँचाइका लागि संघीय सरकार गम्भीर रूपमा लागिरहेको जानकारी गराए। उनले मुलुकको आर्थिक समृद्धिमा मधेशको भूमि, कृषि र मेहनती जनशक्तिको ठूलो भूमिका रहेको भन्दै विकास निर्माणमा सहकार्यको खाँचो औंल्याए। कार्यक्रमम गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोह फूलमालाले सुसज्जित मंच, सांस्कृतिक वातावरण र जनसमूहको उत्साहबीच सम्पन्न भएको थियो।