जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लियो

289

जनकपुर, भदौ २९ – जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीले प्रदेश प्रमुखलाई औपचारिक पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज प्रदेश प्रमुखलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। पत्रमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको मात्र होइन, पार्टीका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको उल्लेख छ।

पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक निर्णयको आधारमा यो कदम उठाइएको पत्रमा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.