जेनजी सहिदहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन

49

वीरगञ्ज, पर्सा — हालै सम्पन्न जेनजी जेट आन्दोलन का क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा वीरगञ्जको ऐतिहासिक स्थल घन्टाघरमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साको आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष हरेराम पटेलको नेतृत्वमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। अध्यक्ष पटेलले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू राष्ट्रप्रति जिम्मेवार र परिवर्तनको सपना बोकेका सच्चा नागरिक भएको उल्लेख गर्दै उनीहरूको बलिदानलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाए।

“देशमा भ्रष्टाचारले गहिरो जरा गाडेको अवस्थामा युवाहरूले लिएको यो ऐतिहासिक पहल परिवर्तनको बाटो खोल्ने छ,” उनले भने।

संघका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले युवाहरूले उठाएको आवाजको सम्मान गर्दै न्यायको पक्षमा उभिन सबैले प्रतिबद्ध हुनुपर्ने बताए। त्यस्तै, उपाध्यक्ष नंगनारायण सिंहले आन्दोलनमा सयौँ युवा घाइते र ८० भन्दा बढीको ज्यान गएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्य र रोजगार सिर्जनाका मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

दीप प्रज्वलन कार्यक्रममा सहकारी संघका महासचिव राजीव कुमार साह सोनार, सचिव नरेश कुमार चौरसिया, कोषाध्यक्ष अरुण कुमार साह, शिवम् सहकारीका प्रबन्धक राजेन्द्र जैसवाल, संघका प्रबन्धक रामरुप यादव, जितेन्द्र बर्मा, स्थानीय समाजसेवी, अभियन्ता, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिदहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रमको समापनमा उपाध्यक्ष बरालले सहादत दिने युवाप्रति श्रद्धा व्यक्त गर्दै यस्ता आन्दोलनलाई सकारात्मक ढंगले अघि बढाउन समाजका सबै तहको सहयोग अपरिहार्य रहेको बताएका

Leave A Reply

Your email address will not be published.