जनकपुरमा तिलकोत्सव सम्पन्न, आज माता सीताको मटकोर

39

एआई जेनरेटेड तस्विर

जनकपुरधाम । सप्ताहव्यापी रूपमा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवको चौथो दिन आइतबार तिलकोत्सव सम्पन्न गरिएको छ ।

जनकपुरधामस्थित राम मन्दिर प्राङ्गणमा सम्पन्न तिलकोत्सवमा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गिरीबीच वैदिक परम्परा अनुसार सम्धी मिलन भएको थियो ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर वैष्णवसहितको टोली रामरोशन दासको नेतृत्वमा राम मन्दिर पुगेको थियो । सो अवसरमा फलफूल, मिष्ठान्न, परिकार तथा सयौँ श्रद्धालु सहभागी भएका थिए ।

कार्यक्रममा दुवै पक्षबीच मैथिली सांगीतिक शैलीमा जिस्क्याउने र गाली–ठट्यौली गर्ने परम्परागत प्रस्तुति विशेष आकर्षण बनेको थियो ।

अब सोमबार विवाहपञ्चमीको पाँचौँ दिन माता सीताको मटकोर विधि गरिने छ । मंगलबार स्वयम्वर तथा भव्य विवाहोत्सव आयोजना हुने जनाइएको छ । साथै बुधबार रामकलेवा गरेर अयोध्याबाट आएका बारातीलाई विदा गरी महोत्सव सम्पन्न गरिनेछ ।

Leave A Reply

Your email address will not be published.