वीरगञ्ज–१० को राम–जानकी मन्दिर विकास योजना अघि बढ्दै, मेयर सिंहको प्रत्यक्ष निरीक्षण
वीरगञ्ज, १० — घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको सौन्दर्यकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता दिन वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले आज मन्दिर परिसरमै पुगेर विस्तृत अनुगमन तथा अवलोकन गरेका छन्।
निरीक्षणका क्रममा वडा अध्यक्ष सुशील साहको विशेष उपस्थितिसहित मेयर सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मन्दिरको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, संरचनागत कमी–कमजोरी, पर्यटकीय सम्भावना तथा आगामी योजनाहरूको सूक्ष्म अध्ययन गरेका थिए।
मन्दिर क्षेत्रलाई सुरक्षित, आकर्षक र व्यवस्थित बनाउने लक्ष्यसहित मेयर सिंहले मार्ग विस्तार, सोलार तथा आधुनिक बत्ती व्यवस्थापन, सफाइ सुदृढीकरण, हरियाली विस्तार, ढल निकास, पार्किङ सुविधा, तथा आवश्यक संरचनागत सुधारलाई पहिलो प्राथमिकतामा राखी तुरुन्त कार्य अघि बढाउन सम्बन्धित प्राविधिक तथा कार्यान्वयन टोलीलाई निर्देशन दिएका छन्।
स्थानीय बासिन्दाको सुझावलाई प्राथमिकतामा राख्दै धार्मिक र सांस्कृतिक महत्व बोकेको राम–जानकी मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनाबारे मेयर सिंहले जोड दिए।
मन्दिर परिसरलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन महानगर निरन्तर प्रतिबद्ध रहेको उनले बताउँदै सौन्दर्यकरण कार्यलाई छिटो, दिगो र प्रभावकारी तरिकाले अघि बढाइने आश्वासन दिए।
स्थलगत निरीक्षणपछि स्थानीयले राम–जानकी मन्दिर विकास योजना अब महत्वपूर्ण चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका