हिन्दू राष्ट्र , शिक्षा, सुशासन र रोजगारी प्राथमिकतामा राख्दै सन्तोष पटेल टोलटोलमा

82

माघ १८, वीरगंज आनन्द पटेल ।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नं. २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं. ३ पारस चौक र वडा नं. ६ बागेश्वरी तितरौनामा नेपाल जनता पार्टीले भावी योजनाबारे बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा वीरगंज महानगरपालिका वडा नं. ८ हरपुरमा आज घरदैलो कार्यक्रम समेत गरिएको छ।

“हर हर कमल, घर घर कमल” नारासहित सम्पन्न कार्यक्रमका क्रममा पार्टीले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा, स्वास्थ्य, सुशासन, विकास, सुरक्षा र रोजगारी जस्ता एजेन्डालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो।

घरदैलो तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले क्षेत्रको समग्र समृद्धिका लागि पार्टीको स्पष्ट दृष्टिकोण रहेको बताए। उनले लामो समयदेखि हिन्दू राष्ट्रको मुद्दालाई जन–जनमा उठाउँदै आएको उल्लेख गर्दै टोल–टोलमा पुगेर यस विषयमा जनचेतना फैलाउँदै आएको बताए।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले उम्मेदवार पटेलका विचार र एजेन्डाप्रति चासो देखाउँदै आगामी दिनमा सहकार्य र समर्थन रहने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.