कमल चिन्ह लिएर पर्सा–२ मा सन्तोष पटेल जनताको बीचमा

98

पर्सा । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर–३ नगरदाहा तथा वडा नम्बर–६ गम्हरियार क्षेत्रमा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

“हर हर कमल, घर घर कमल” नाराका साथ सम्पन्न कार्यक्रममा उम्मेदवार पटेलले युवा, महिला तथा विद्यार्थी वर्गलाई उच्च सम्मान गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा, स्वास्थ्य, सुशासन, विकास, सुरक्षा र रोजगारी लगायतका एजेन्डालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

उम्मेदवार सन्तोष पटेलले नेपाल जनता पार्टीले निरन्तर रूपमा हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएको उल्लेख गर्दै क्षेत्रको समग्र विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए। घरदैलोका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र अपेक्षा सुन्ने काम समेत गरिएको थियो।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.