धायनसिंह पिपरामा शुशिल साह कानुको मतदाता भेटघाट, स्थानीय सहभागिता उल्लेखनीय

55

पर्सा — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ धायनसिंह पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक एजेन्डा तथा विकास योजनाबारे जानकारी गराउनुभएको थियो। उहाँले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा स्थानीय पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा रहेको स्पष्ट पार्नुभयो।

उम्मेदवार कानुले युवाको क्षमता विकास, महिला सशक्तीकरण तथा स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत मात्रै क्षेत्रको दिगो समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो। साथै, राज्यका सेवा–सुविधा आम नागरिकसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणले सडक, रोजगारी, कृषि विकास र सार्वजनिक सेवा सुधारसम्बन्धी आफ्ना समस्या तथा सुझाव उम्मेदवारसमक्ष राखेका थिए। उम्मेदवार कानुले ती समस्या समाधानका लागि नीति तथा कार्यक्रममार्फत पहल गर्ने विश्वास दिलाउनुभयो।

रास्वपा उम्मेदवार शुशिल साह कानुले जनताको अपेक्षा अनुसार राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा समर्थन, सहयोग र विश्वासका लागि मतदातासँग अपिल गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.