चौधरीको अगुवाइमा १२९ जनाको जाँच, २९ जना मोतियाविन्द बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने

62

पर्सा, २० ।

रोटरी क्लब हेढौडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेढौडाको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका वडा नं. ६ आवराहास्थित धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

यूवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश संगठन विभागका प्रमुख प्रमोद सहनी सहभागी थिए। विशिष्ट अतिथिहरूमा रास्वपाका मधेश प्रदेश शिक्षा विभाग प्रमुख सेनालाल पटेल, समाजसेवी सुशील चौरसिया, रोटरी क्लब हेढौडाका अध्यक्ष प्रमेश प्रधान, कोषाध्यक्ष विकास श्रेष्ठ, नेत्र अधिकृत पूर्णिमा गुरुङ, वरिष्ठ नेत्र सहायक चन्द्रकान्ता चौधरी, आइ हेल्थ वर्कर जनक अवस्थी, शर्मिला बज्रगाईं लगायतको उपस्थिति रहेको थियो। साथै ठाकुर प्रसाद चौधरी, प्रेमचन्द चौधरीसहित स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरमा कुल १२९ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये २९ जनामा मोतियाविन्दको समस्या देखिएको र ३६ जनालाई निःशुल्क औषधि (ड्रप) वितरण गरिएको जनाइएको छ।

मोतियाविन्द देखिएका २९ जना बिरामीलाई शुक्रबार (२० गते) आफ्नै सवारी साधनमार्फत हेढौडा लगिने तथा शनिबार (२१ गते) शल्यक्रिया गरिने कार्यक्रम तय गरिएको छ। शल्यक्रियापछि आइतबार (२२ गते) पुनः बिरामीहरूलाई गाउँमै ल्याइने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिएका छन्।

कार्यक्रम सम्पन्न गर्न सहयोग पु¥याएकोमा अध्यक्ष चौधरीले रोटरी क्लब परिवारप्रति आभार व्यक्त गरेका छन्। स्थानीयवासीहरूले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा ठूलो राहत पुगेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.