कल्याण ज्वेलर्स, रक्सौलको पहिलो वर्षगाँठ हर्षोल्लास पूर्वक सम्पन्न

रक्सौल, भदौ १– रक्सौलको लक्ष्मीपुरस्थित कल्याण ज्वेलर्स शो–रूमको उद्घाटनको पहिलो वर्षगाँठ आज आइतबार हर्षोल्लास पूर्वक मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा रक्सौलका एसडीएम मनीष कुमार, प्रहरी उपरिक्षक मनीष आनन्द, एसएसबीका…

प्राकृतिक विपत्तिले पाकिस्तानमा ३४० को मृत्यु

वीरगञ्ज । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो । जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका…

बारामा अवैध कारोबारमाथि प्रहरीको कडाइ, लाखौँको सामान बरामद

बारामा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत करिब ४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। विभिन्न चेकजाँच तथा गस्तीका क्रममा सशस्त्र प्रहरीले सीमा नाकाको अलग–अलग स्थानबाट अवैध सामान नियन्त्रणमा…

धनुषा प्रशासन अगाडि पत्रकारहरूको सामूहिक आवाज : स्वतन्त्रता र सुरक्षाको माग

जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार पत्रकारहरूले सामूहिक विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको मागसहित उनीहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै आन्दोलन गरेका हुन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले…

प्रतिक दैनिकको ३९औं वार्षिकोत्सवमा पत्रकारिता योगदानकर्ताहरूलाई सम्मान

वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आइतबार आफ्नो ३९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वीरगंज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा आयोजित समारोहमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध व्यक्तित्व, कर्मचारी तथा विशिष्ट…

ओम शान्ति भवनमा कृष्ण–राधा झाँकी र प्रवचनले भक्तजन मन्त्रमुग्ध

‍ बीरगञ्ज, साउन ३१ – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैयामा भव्य चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय…

वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार ६५ औं निशुल्क भोजन कार्यक्रम सम्पन्न

वीरगञ्ज, साउन ३१ – वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल वीरगञ्जमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गरेको छ। करीब डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजे अस्पतालको प्राङ्गणमा…

उपाध्यक्षकै वडामा सडक निर्माण विवाद चर्कियो, सर्वदलीय आन्दोलन समितिको कडा चेतावनी

बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरीमा २३ फिट चौडाइको सडक निर्माण विषयमा तीव्र विवाद उत्पन्न भएको छ। गाउँपालिकाको २०७९ साल माघ २० गते (२०७९/१०/२०) को कार्यपालिका बैठकले बहुअरीको मुख्य सडकमा २५ फिट नालासहित सडक…

वत्सालय एभरेस्ट महिला भलिबल लिगबारे वीरगंजमा पत्रकार सम्मेलन, मधेश युनाइटेडको लक्ष्य मधेशको पहिचान…

वीरगंज, ३० साउन । वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणबारे आज शुक्रबार बिहान नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित नेपालको प्रमुख प्रवेशद्वार वीरगंजको शंकराचार्य गेटमा पत्रकार सम्मेलन गरिएको छ। पत्रकार सम्मेलनमा मधेश…

वीरगंजमा एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण, मधेश युनाइटेडको नयाँ जर्सी सार्वजनिक

वीरगंज । मधेश स्पोट्र्स प्रा.लि.को आयोजनामा आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य कार्यक्रमबीच अनावरण गरिएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान…