आदर्श टोल सुधार समाजद्वारा रक्तदान, २ महिला सहित २७ जनाले गरे रक्तदान

6

वीरगञ्ज, २० भदौ ।

बाढीपीडितको राहत तथा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले आदर्श टोल सुधार समाज, वीरगञ्ज–१६ पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिलासहित २७ जनाले रक्तदान गरेका छन्।

आदर्श टोल सुधार समाज वीरगञ्जका अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष प्रसुराम चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका लालबाबु सिंह, समाजसेवी अभिलाष गुप्ता, राजेन्द्र भट्टराई, नवराज भट्टराईलगायतको उपस्थिति थियो।

रक्तदान गर्नेहरूमा श्यामसुन्दर गुप्ता, अनिलकुमार रौनियार, रुस्तम अली, बलिराम यादव, रोशन सर्राफ, महेशकुमार मण्डल, अरुण यादव, कौशल पटेल, सत्यमकुमार सहानी, रविप्रसाद साह, राजु पण्डित र उपेन्द्र जयसवाललगायत रहेका छन्।

रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा आएको टोलीले रक्त संकलनमा प्राविधिक सहयोग गरेको थियो।

आयोजकका अनुसार प्राकृतिक विपद्का बेला बाढीपीडितलाई सहयोग गर्नुका साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा समेत योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

स्थानीयस्तरमा सामाजिक संस्था, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहकार्यमा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धतासमेत कार्यक्रममा व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.