उपकार सेवा नेपालको सहयोगमा श्रीमति मनमिश्र आधारभूत विद्यालयलाई चार थान सिलिङ फ्यान

53

वीरगञ्ज, ४ साउन

वीरगञ्ज महानगरपालिका–३२ टेढा (सेमरा) स्थित श्रीमति मनमिश्र आधारभूत विद्यालयका बालविकास तहमा अध्ययनरत ९८ जना बालबालिकाको सहज अध्ययन वातावरण सुनिश्चित गर्न उपकार सेवा नेपालको पूर्ण आर्थिक सहयोगमा चार थान सिलिङ फ्यान विद्यालयलाई हस्तान्तरण गरिएको छ।

विद्यालयका दुई कक्षाकोठामा जडान गर्ने उद्देश्यले उपलब्ध गराइएका सिलिङ फ्यान एक विशेष कार्यक्रमबीच विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालबालिकाले सहज, सुरक्षित तथा अनुकूल वातावरणमा अध्ययन गर्न पाउने उद्देश्यले गरिएको यस सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सामाजिक सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि शिक्षा क्षेत्रमा यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

Leave A Reply

Your email address will not be published.