छोराको जन्मदिनमा सामाजिक सेवाः बिजेश्वर प्रसाद चौधरीद्वारा एक थान स्ट्यान्ड फ्यान सहयोग
वीरगञ्ज, साउन १
छोराको जन्मदिनको अवसर पारेर समाजसेवी बिजेश्वर प्रसाद चौधरीले पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एक जिम्मेवार निकायलाई एक थान स्ट्यान्ड फ्यान सहयोग गरेका छन्।
आफ्ना जेठा छोरा मधुसुदन चौधरीको जन्मदिनको अवसरमा गरिएको उक्त सहयोग समाजसेवा प्रतिको आफ्नो प्रतिबद्धताको निरन्तरता भएको चौधरीले बताएका छन्। उनका अनुसार सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले आवश्यक परेका जुनसुकै निकाय वा समुदायलाई सहयोग गर्न आफू सधैं तत्पर रहने गरेका छन्।
लामो समयदेखि दीनदुःखी तथा जरुरतमन्द व्यक्तिहरूलाई विभिन्न प्रकारका सहयोग गर्दै आएका चौधरी सामाजिक सेवासँगै भ्रष्टाचार र सामाजिक विकृति विरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएका छन्।
उनले जन्मदिन जस्ता विशेष अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोडेर सहयोग गर्ने संस्कृतिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।