तेयुपको ‘ब्लड अन कल’ मार्फत नवजात शिशुलाई आकस्मिक रक्तदान

43

वीरगञ्ज आनन्द पटेल ।

दुई दिनकी नवजात शिशुलाई आकस्मिक रूपमा आवश्यक परेको रगत उपलब्ध गराउँदै तेरापन्थ युवक परिषद् (तेयुप) ले आफ्नो मानवीय सेवा अभियानलाई निरन्तरता दिएको छ।

अक्टोबर ५, २०२६ मा ओ पोजेटिभ (O Positive) एक युनिट रगत आवश्यक रहेको जानकारी प्राप्त भएपछि तेयुपको ‘ब्लड अन कल’ सेवामार्फत तत्काल रक्तदान गरी सहयोग गरिएको हो। अल अस हस्पिटल एन्ड मेडिकल कलेज रिसर्च सेन्टरमा उपचाररत बबिता कुमारीकी दुई दिनकी नवजात छोरीलाई आकस्मिक रूपमा रगत आवश्यक परेको थियो।

रगतको आवश्यकता परेको जानकारी पाएलगत्तै ‘ब्लड अन कल’का संयोजक आशिष चोरडिया आशीष चौधरी सम्बन्धित रक्त बैंकमा पुगेर रक्तदान गरेका थिए। चौधरीले रक्तदान गरेपछि नवजात शिशुको उपचारका लागि आवश्यक रगत उपलब्ध गराइएको जनाइएको छ।

तेरापन्थ युवक परिषद्ले आपत्कालीन अवस्थामा आवश्यक परेको बेला रक्तदान तथा रक्त व्यवस्थापन गर्दै मानव सेवाका विभिन्न गतिविधिलाई निरन्तरता दिँदै आएको छ। विशेषगरी ‘ब्लड अन कल’ सेवामार्फत आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामी तथा परिवारलाई तत्काल सहयोग पुर्‍याउने कार्यलाई परिषद्ले प्राथमिकतामा राख्दै आएको जनाएको छ।

रक्तदान मार्फत बिरामीको उपचारमा सहयोग पुर्‍याएकोमा परिषद्ले रक्तदाता आशीष चौधरीप्रति आभार व्यक्त गरेको छ। साथै, रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवा भएकाले युवाहरूलाई समेत नियमित रूपमा रक्तदान अभियानमा सहभागी हुन परिषद्ले आग्रह गरेको छ।

तेयुपको निरन्तर मानवीय सेवाले आपत्कालीन अवस्थामा रगतको अभाव झेलिरहेका बिरामी तथा परिवारलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.