तेरापन्थ युवक परिषद् वीरगञ्जको ‘ब्लड अन कल’ अभियान सफल, चार रक्तदाताले दिए जीवनदान

58

वीरगञ्ज आनन्द पटेल । तेरापन्थ युवक परिषद्, वीरगञ्जले आकस्मिक रक्त आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ।

परिषद्का अनुसार  वीरगञ्ज न्युरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टरमा उपचाररत सत्यनारायण प्रसाद, जो ब्रेन हेमरेजबाट पीडित छन्, उनका लागि तत्काल चार युनिट A+ रगत आवश्यक परेको जानकारी प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ परिषद्को ‘ब्लड अन कल’ अभियानका संयोजक आशीष चौरडियाले रक्तदातासँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए।

यस क्रममा घनश्याम शर्मा, सतीश कुमार सहनी, अखिलेश कुमार शाह तथा तेरापन्थ युवक परिषद्का निवर्तमान अध्यक्ष लोकेश जम्मड तत्काल ब्लड बैंक पुगेर रक्तदान गरेका थिए। उनीहरूको रक्तदानबाट बिरामीका लागि आवश्यक चार युनिट रगत उपलब्ध गराइएको परिषद्ले जनाएको छ।

तेरापन्थ युवक परिषद्ले रक्तदाताप्रति आभार व्यक्त गर्दै समयमै गरिएको रक्तदानले एक बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ। साथै, आपत्कालीन अवस्थामा रक्तदान गर्न इच्छुक सबैलाई मानव सेवाको यस अभियानमा सहभागी हुन पनि परिषद्ले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.