प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको शानदार जित, कर्णाली ४८ रनले पराजित

54

२६ चैत्र वीरगञ्ज, आनन्द पटेल

वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा जारी PM कप २०२६ अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६७ रन बनाएको थियो। टोलीका लागि दिनेश खरेलले उत्कृष्ट ८२ रनको योगदान दिएका थिए भने अमित श्रेष्ठले ३० रन जोडे।

जवाफमा कर्णाली प्रदेश ४५.२ ओभरमा २१७ रनमै समेटियो। कर्णालीका लागि अर्जुन घर्तीले ४६ रन तथा सुनिल धमलाले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।

बलिङतर्फ नेपाल पुलिस क्लबका ललित राजबंशी चम्किए। उनले ९.२ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखे।

उत्कृष्ट प्रदर्शनका लागि ललित राजबंशी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

Leave A Reply

Your email address will not be published.