अभिभावक संघ पर्साद्वारा बृहत् रक्तदान कार्यक्रम, ५ जना महिला सहित ५१ जनाद्वारा रक्तदान

60

२८ चैत्र बीरगंज — अभिभावक संघ पर्साको आयोजनामा चौथोपटक सम्पन्न बृहत् रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। रक्तदातामध्ये ५ जना महिला र ४६ जना पुरुष रहेका छन्। संस्थाका कोषाध्यक्ष कन्हैया पटेलका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रम अभिभावक संघका अध्यक्ष सन्दीप शाहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील शाह कानु उपस्थित थिए। विशेष अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष ब्रिजकिशोर पटेल, शाश्वत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुन्ना सर्राफ, डा. प्रीति यादव, सामाजिक अभियन्ताहरू प्रकाश थारु, कन्हैया पटेल तथा मानवसेवा आश्रमका देवेस गुप्ता लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी लालबाबु सिंह, सञ्जीव थापा, कमल चौलागाईं, असेश्वर पटेल, राजेन्द्र भट्टराई, पत्रकार आनन्द पटेल र जाकिर हुसेनसहित अभिभावक संघका सदस्यहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

रक्तदान गर्नेहरूमा बन्दना पाण्डे, श्रीकान्ति गिरी, अनुदेवी, श्वेती यादव, कुल्फी मल्ली, हरिशंकर शाह, चन्द्रिका शाह, पंकज मिश्रा, मनिष मिश्रा, दीपक चौरसिया, प्रवीण शर्मा लगायतका व्यक्तिहरू रहेका थिए।

कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्थाले फलफूल तथा टिसर्ट सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटीका सौरभ पाण्डे, सनी यादव, सुजित गिरी र शिवम पाण्डेले व्यवस्थापनमा सहयोग गरेका थिए। स्वास्थ्य प्राविधिक सहयोग नर्सिङ क्याम्पस वीरगंजका स्टाफ नर्सहरूले प्रदान गरेका थिए।

कार्यक्रममा पहिलो पटक रक्तदान गरेकी श्वेती यादवले रक्तदान गर्न पाउँदा निकै उत्साहित भएको बताउँदै भनिन्, “थोपाथोपाले कसैको जीवन बचाउन सहयोग गर्न पाउँदा गर्व लागेको छ।”

कार्यक्रमले “रक्तदान–जीवनदान” भन्ने सन्देशलाई थप मजबुत बनाउँदै समाजमा मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.