खाटु श्याम बाबाको जन्मजयन्तीमा लायन्स क्लब नवदीप एकेडेमीद्वारा कपडा बैंकलाई २२ थान नयाँ कपडा सहयोग

130

आनन्द पटेल
वीरगञ्ज। सामाजिक सेवामार्फत मानवीय सहयोग र परोपकारको भावना प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले कपडा बैंकलाई २२ थान नयाँ कपडा हस्तान्तरण गरेको छ।

खाटु श्याम बाबाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा क्लबले कपडा बैंकका अध्यक्ष तथा समाजसेवी लालबाबु सिंहलाई २२ थान नयाँ कपडा हस्तान्तरण गरेको हो।

लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका चार्टर प्रेसिडेन्ट लायन सुशीला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट प्रो इन चिफ लायन विजय कुशवाहा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजसेवी तथा कपडा बैंकका सल्लाहकार प्रकाश उपाध्याय, लायन सञ्जिता पौडेल (डिस्ट्रिक्ट डेपुटी चिफ), समाजसेवी रम्भा मिश्र तथा समाजसेवी ओमप्रकाश सराफ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी लायन सिकि कुमारी साह, लायन शम्भु थिङ, लायन जानकी देवी, खुसी गुप्ता, लायन तथा सञ्चारकर्मी आनन्द पटेल, सञ्चारकर्मी जितेन्द्र प्रियान्सु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा रहेका विपन्न तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई सहयोग पुर्‍याउन कपडा बैंकले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गरेका थिए। प्रयोग गर्न मिल्ने तथा नयाँ कपडा आवश्यक परेका व्यक्तिसम्म पुर्‍याउने यस्ता सामाजिक अभियानले समाजमा सहयोग, सद्भाव र मानवीयताको भावना बलियो बनाउने उनीहरूको भनाइ थियो।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले प्राप्त कपडाले आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी संस्था तथा व्यक्तिहरू प्रति आभार व्यक्त गरे। लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवा, सहयोग र समुदायको हितमा विभिन्न गतिविधि गर्दै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.