प्रधानमन्त्री कपमा १८१ रन पछ्याउँदै मधेशको सहज जीत

58

वीरगञ्ज, पर्सा आनन्द पटेल– प्रधानमन्त्री कप क्रिकेट २०२६ अन्तर्गत भएको खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ।

टीबी शाह क्रिकेट मैदान (वीरगञ्ज) मा सम्पन्न खेलमा टस जितेर मधेश प्रदेशले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४०.३ ओभरमा १८० रन बनाउँदै सबै विकेट गुमाएको थियो। उसका लागि कुशल भुर्तेलले ३९ रन र शंकर राणाले २७ रनको योगदान दिए। बलिङतर्फ मधेशका आशिक झा र पवन सर्राफले समान ३–३ विकेट लिए।

जवाफमा मधेश प्रदेशले २४.१ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन पूरा गर्दै सहज जित निकालेको हो। मधेशका लागि अनिक यादवले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रन बनाए भने रुपेश सिंहले २७ रन जोडे।

बलिङतर्फ नेपाल पुलिस क्लबका गुलशन झाले ३ विकेट लिए भने सागर ढकालले २ विकेट हात पारे।

उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका अनिक यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ६५ रन बनाउनुका साथै १ विकेट लिँदै १९ रन मात्र खर्चिएका थिए।

Leave A Reply

Your email address will not be published.