अल्पाइन ‘प्लस टु’ का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

485

बैशाख ३, बीरगंज

बीरगंज महानगरपालिका वडा नम्बर ११ दुर्गा टोलमा रहेको अल्पाइन सेकेन्ड्री स्कुल प्लस टु साइन्स एवम् मेनेजमेन्टमा अध्यापन गरिरहेका विद्यार्थीहको बिदाई सम्पन्न भएको छ । स्थानीय होटल भिसुवामा आज कक्षा ११ का विद्यार्थीहरुले एक समारोहबीच कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरिएको हो । बिदाई समारोहमा प्रमुख अतिथि भारत स्थित रक्सौलका केसिटिसि कलेजका किशोर सिंहले पानमा बति बालेर उदघाटन गर्नु भएको थियो । उहाँले शिक्षा क्षेत्रमा आफुले गर्नुपर्ने सहयोग सधैं गरिरहने उदघोष गर्नु भएको छ ।

उच्च शिक्षा हासिल गर्न अहिले धेरै सर्घष गर्न बाकी रहेको बताउदै लगनशीलता र परिश्रम गर्न जरुरी रहेको बताए । विद्यार्थीहरुले आफ्नो लक्ष्यमा पुग्ने हो भने त्यसका आफ्नो लक्ष्य निर्धारण र अनुशासनमा रहनुपर्ने सिंहले बताएका छन् । अल्पाइन प्लस टु का डाइरेक्टर विनोद उपाध्यायको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । डाइरेक्टर उपाध्यायले विद्यार्थी जिवको अब परिक्षणकाल शुरुआत हुदै छ यसका लागि विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न र आफ्नो लक्ष्यमा कसरी पुग्ने भन्ने बारेमा अबको यात्राले तय गर्ने बताए ।

कलेजको नाम र आफ्नो बुवा आमाको नाम उच्च राख्न विद्यार्थीहरुलाई सुझाव समेत डाइरेक्टर उपाध्यायले दिनु भएको थियो । बिदाई समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा नाटक एवम् संस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन समेत गरेका थिए । बिदाई समारोहमा अल्पाइन प्लस टु का प्रिन्सिपल बिशाल उपाध्याय,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका हवल्दार सुभाष यादव ,सहायक हवल्दार लालुमाया,सचिव दिलिप प्रधान फोनिज जिल्ला अध्यक्ष अजित भुजेल ,शिक्षकहरु विनोद कुमार श्रीवास्तव,मुन्ना साह,विनोद साह,विनोद चौहान,अकवर हुसेन ,राधा शर्मा ,निर्मल ताम्राकार तथा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.