बीरगंज कलेजका कक्षा १२ का विद्यार्थीहरुको बिदाई ,उच्च शिक्षा हासिल गर्न बक्ताहरुको सुझाव

407

बैशाख ५ बीरगंज

बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा कक्षा १२ का विद्यार्थीहरुको आज एक समारोहबीच बिदाई गरिएको छ। बीरगंज कलेजले आयोजना गरेको सो बिदाई समारोहमा माननीय संसाद प्रभु हजराले दिप प्रजवलन गरि उदघाटन गर्नुभएको थियो ।।उहाँले यस बीरगंजको शिक्षा धेरै नै संस्कार भएको कलेजको रुपमा परिचित रहेको बताए ।

उनले भने आगामी दिनमा उच्च शिक्षा हासिल गर्नका लागि बीरगंज लगायत नेपालमा पनि धेरै ठाउँहरु रहेको संसाद हजराले बताएका हुन । विद्यार्थी भाइ बहिनीहरुले आफ्नो आमाबाबुको सपना संगै कलेजले दिएको योगदान कहिले पनि नबिसन सुझाव दिनुभएको हो ।बीरगंजमा यसकलेजको नाम धेरै राम्रो कमाएकोले कलेजलाई बदनाम हुने खालका गतिविधि नगर्न सुझाव समेत दिनु भएको छ।

बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षतामा शिक्षण तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ। बिदाई समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने बीरगंज कलेजका क्याम्पस चिफ विनोद गुप्ता ,प्याब्सन जिल्ला कार्यसमिति पर्साका कोषाध्यक्ष रामकिशोर यादव ,राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय महतो,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई निरज पिठाकोटेमगरप्रेस ,चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भन्डारी,मानव आश्रम सेवाका देवेश मानव ,कलेजका पुर्व विद्यार्थी कृष्ण मोहन सहनी ,लगायतलेआ, आफ्नो धारणा एवम् सुझाव राख्नु भएको कलेजका शिक्षक डिके जैसवालले जानकारी दिनु भएको छ।

कार्यक्रमको स्वागत मनतब्य कलेज प्रशासन प्रमुख सुरेश चौधरीले गर्नुभएको सो कार्यक्रमको सहजिकरण शिक्षक कृष्ण पासवानले गरेका थिए। भने बिदाई समारोहमा विद्यार्थीहरुले विभिन्न संस्कृतिक तथा नृत्य समेत प्रस्तुति गरेको थियो ।

Leave A Reply

Your email address will not be published.