नागरिकता तथा लिखतसम्बन्धी मुद्दामा पक्राउ परेका वीरगञ्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा

67

वीरगञ्ज, जेठ १९ । नागरिकता तथा लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्।

मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो। मुद्दामाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयालका अनुसार अदालतको आदेश लगत्तै उनी रिहा भएका हुन्। पक्राउपश्चात वीरगञ्जमा राजनीतिक तथा सामाजिक क्षेत्रमा उक्त घटनाबारे व्यापक चर्चा र चासो देखिएको थियो।

रिहाइपछि उनका समर्थक तथा शुभेच्छुकहरूले स्वागत गर्दै न्यायिक प्रक्रियाप्रति विश्वास व्यक्त गरेका छन्। यस घटनाले वीरगञ्जको राजनीतिक वृत्तमा थप बहस र चर्चा उत्पन्न गरेको छ।

Leave A Reply

Your email address will not be published.