वीरगञ्जमा कुशवाहा मोटर्सको सेवा विस्तार, सहज फाइनान्स र आधुनिक शोरुम सहित पुनः सञ्चालन

86

वीरगञ्ज — विगत १२ वर्षदेखि वीरगञ्जमा सेवा प्रदान गर्दै आएको कुशवाहा मोटर्स नयाँ स्थानमा स्थानान्तरण भई औपचारिक रूपमा सेवा सुरु गरेको छ।

यसअघि त्रिमूर्ति चोकबाट बिक्री तथा सेवा सञ्चालन गर्दै आएको मोटर्स अब सो स्थानबाट करिब २०० मिटर उत्तरतर्फ मुख्य सडकमा स्थानान्तरण गरिएको हो।

नयाँ स्थानबाट सेवा शुभारम्भको अवसरमा बुधबार विधिपूर्वक पूजा सम्पन्न गरिएको थियो। इलेक्ट्रिक रिक्सा तथा लोडर बिक्री गर्दै आएको कुशवाहा मोटर्सको नयाँ शोरुमको उद्घाटन सञ्चालकका बुवा धुरुप कुशवाहा तथा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एस.के. चौरसियाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।

सञ्चालक बलिराम कुशवाहाले नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, प्रभावकारी र आधुनिक सेवा प्रदान गरिने बताए। उनका अनुसार शोरुमलाई आधुनिक डिजाइनमा पुनः व्यवस्थित गरिएको छ र ग्राहकलाई आकर्षक तथा सहज अनुभव हुने गरी सेवाग्राहीमैत्री वातावरण तयार गरिएको छ।

उनले इलेक्ट्रिक सवारीसाधन खरिदका लागि सहज फाइनान्स सुविधा उपलब्ध रहेको जानकारी दिँदै स्पेयर पार्ट्स सजिलै उपलब्ध हुने व्यवस्था मिलाइएको पनि बताए। साथै, ग्राहकको मागलाई ध्यानमा राख्दै सेवा प्रणालीलाई अझ छिटो र प्रविधिमैत्री बनाइएको उनको भनाइ छ।

कुशवाहा मोटर्सले विगत एक दशकभन्दा बढी समयदेखि वीरगञ्ज क्षेत्रमा इलेक्ट्रिक रिक्सा र लोडरको बिक्री तथा सेवा प्रदान गर्दै आएको छ। सञ्चालक कुशवाहाले स्वदेशमै रोजगारी सिर्जना गर्दै युवालाई वैदेशिक पलायनबाट रोक्ने लक्ष्यसहित व्यवसाय विस्तार भइरहेको समेत बताए।

Leave A Reply

Your email address will not be published.