वीरगञ्जमा टीभीएसको पर्व विशेष अफर, १० लाखसम्म नगद छुटदेखि सुनको चाबी र क्यासब्याकसम्म
वीरगञ्ज, असोज २ ।
वीरगञ्जमा टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री प्रवर्द्धनलाई लक्षित गर्दै दशैं, तिहार र छठ पर्वका अवसरमा विशेष अफर सार्वजनिक गरिएको छ।
विश्वकर्मा पूजाको अवसर पारेर अंकित ट्रेड कन्सर्नले टीभीएसका पेट्रोल तथा विद्युतीय मोटरसाइकल र स्कुटरमा विभिन्न छुट तथा आकर्षक योजना ल्याएको हो।
अंकित ट्रेड कन्सर्नका निर्देशक माधव राजपालका अनुसार पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले ६ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म नगद छुट, साढे २ ग्रामसम्मको सुनको चाबी तथा शतप्रतिशत क्यासब्याक मध्ये विभिन्न अफर प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, टीभीएसका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकका लागि ६ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मको छुटको व्यवस्था गरिएको राजपालले जानकारी दिए।
वीरगञ्जमा टीभीएसको शोरुम सञ्चालनमा आएको अवसरलाई समेत लक्षित गर्दै विश्वकर्मा पूजाका दिन विशेष कार्यक्रम आयोजना गरी पर्व विशेष अफर सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार शोरुममा विद्युतीयतर्फ टीभीएस आईक्यूबका ३ किलोवाट र ३.५ किलोवाट क्षमताका मोडल उपलब्ध छन्। पेट्रोल स्कुटरतर्फ एनटर्क १२५ सीसी र जुपिटर ११० सीसीका मोडल बिक्रीमा राखिएका छन्।
मोटरसाइकलतर्फ अपाचे १६० र १२५ सीसी, रेडर १२५ सीसी तथा रेडियन १२५ सीसीलगायतका मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै रोनिन, रोनिन एगोडा र मोनोटोनलगायतका मोटरसाइकल पनि शोरुममा बिक्रीका लागि राखिएको छ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याइएको योजनाबाट ग्राहकले टीभीएसका विभिन्न मोडल खरिद गर्दा थप सुविधा पाउने कम्पनीको भनाइ छ। कम्पनीले ग्राहकलाई शोरुममा आएर उपलब्ध मोडल, छुट तथा अफरबारे विस्तृत जानकारी लिन आग्रह गरेको छ।