वीरगञ्जमा सनातन हिन्दू मोर्चाको अन्तर्क्रिया, हिन्दू राष्ट्र स्थापनाको माग

43

वीरगञ्ज, असोज ३ ।

धर्मनिरपेक्षता खारेज गरी नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न माग गर्दै सनातन हिन्दू मोर्चा पर्सा जिल्ला समितिले वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

श्री गहवा माई अतिथि सदन वीरगञ्जमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले धर्मनिरपेक्ष संविधान जारी भएको असोज ३ गतेलाई हिन्दूवादी संघसंस्था तथा धार्मिक समूहहरूले ‘कालो दिवस’का रूपमा मनाउँदै आएको बताएका छन्।

कार्यक्रममा सनातन हिन्दू राष्ट्र स्थापनाका लागि मोर्चाले आफ्नो संघर्ष जारी राखेको र विभिन्न समूह तथा संघसंस्थासँग सहकार्य गर्दै आएको जानकारी दिइएको थियो।

सनातन हिन्दू मोर्चा पर्साका जिल्ला अध्यक्ष हनुमान दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, केन्द्रीय कोषाध्यक्ष विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार र भुपेन्द्र पौडेललगायतको सहभागिता थियो।

कार्यक्रममा गीता मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्ता, श्री गहवा माई मन्दिर सञ्चालक समितिका महासचिव विजय उपाध्याय, हिन्दूवादी अगुवा तथा शिक्षाप्रेमी प्रो.डा. हरेराम ठाकुर, राजेन्द्र सिंह, बृजमोहन तिवारी, अशोक सहनी, ज्योतिष आचार्य ध्रुव नारायण पाण्डेय, हिन्दू परिषद्का केन्द्रीय सदस्य सचितानन्द दुबे, घडिअर्वा छठ पूजा समितिका अध्यक्ष राकेश साह कानु, पत्रकार सन्तोष मिश्रा, रानीघाट श्रीराम जानकी मठका पुजारी सुबास बाबा लगायतले धारणा राखेका थिए।

त्यसैगरी मोर्चाका पर्सा जिल्ला महामन्त्री प्रमोद शर्मा, प्रवक्ता मुना साह तेली, जिल्ला सदस्य युवराज पटेल, वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ता, मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली, नगर सदस्य सागर साह तथा हिन्दूवादी अभियन्ताहरू सन्तोष पाल, अवधेश यादव, मन्तोष पटेल र प्रेमनारायण मिश्रलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने धारणा राख्दै धर्मनिरपेक्षता कायम गर्ने तत्कालीन राजनीतिक दलहरूको निर्णयप्रति आलोचना व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.