चीनमा मन्त्री कानिश पटेलले फहराए नेपालको राष्ट्रिय झण्डा
वीरगन्ज, असोज ३ आनन्द पटेल ।
संविधान दिवस २०८३ को अवसरमा चीनस्थित नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कानिश पटेलले नेपालको राष्ट्रिय झण्डा फहराएका छन्।
चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री पटेलले राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवसको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा वनमन्त्री तुल्सी चौधरी, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थी तथा नेपाली कम्युनिस्ट पार्टीका नेता मोहन गौतम लगायतको सहभागिता रहेको थियो।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्ध, राष्ट्रिय एकता तथा मुलुकको विकास र समृद्धिका विषयमा समेत चर्चा गरिएको थियो। सहभागीहरूले संविधान दिवसले राष्ट्रिय एकता, सार्वभौमिकता र समृद्धिको यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो।