शिक्षा क्षेत्रका अनुभवी मंगेश्वर यादव एनप्याब्सन मधेस प्रदेशको कोषाध्यक्षमा निर्वाचित

20

महोत्तरी ४ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (NPABSAN) को तेस्रो मधेस प्रदेश अधिवेशनबाट मंगेश्वर यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

महोत्तरीको बर्दिबास स्थित होटल नाब्यामा आइतबार आयोजित अधिवेशनमा यादवले कोषाध्यक्ष पदका लागि निर्वाचित हुँदै प्रमाणपत्र प्राप्त गरेका हुन्। कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह प्रमुख अतिथि रहेका थिए भने पाण्डव हमाल ठकुरी संयोजक तथा संविधानसभा सदस्य एवं केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कोषाध्यक्षमा निर्वाचित भएपछि यादवले NPABSAN का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू प्रति आभार व्यक्त गरेका छन्। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय यादवले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारी र जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निजी तथा आवासीय विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास र शिक्षा सम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउन आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने बताए। साथै NPABSAN लाई अझ सुदृढ र व्यवस्थित बनाउँदै अगाडि बढाउन सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

Leave A Reply

Your email address will not be published.