बीरगञ्जमा टीभीएसको ‘महा एक्सचेन्ज’ अफर सुरु, १० लाखसम्म छुट

44

वीरगञ्ज । चाडपर्वलाई लक्षित गर्दै वीरगञ्जमा टीभीएसको ‘अब सबैको महा एक्सचेन्ज’ अफर सुरु भएको छ। पुराना बाइक तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी उक्त अफर सञ्चालनमा ल्याइएको हो।

वीरगञ्जस्थित नारायणी यातायात नजिक रहेको टीभीएसको आधिकारिक बिक्रेता अंकित ट्रेड कन्सर्नले सञ्चालन गरेको अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटरको मूल्यांकन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन्। कम्पनीले पुरानो सवारीसाधनको उचित मूल्यांकनसँगै नयाँ सवारीसाधन खरिदमा विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने जनाएको छ।

अफरअन्तर्गत पुरानो सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता पाउने अवसर रहेको छ। त्यस्तै, ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुटका साथै ‘गोल्डेन की’ जित्ने अवसरसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अंकित ट्रेड कन्सर्नका सञ्चालक माधवराज पालका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको उक्त अफर छठ पर्वसम्म सञ्चालन हुनेछ। उनले ग्राहकले कम्तीमा एक सातासम्म एक्सचेन्जको लाभ लिन सक्ने जानकारी दिँदै विद्युतीय स्कुटरसमेत आकर्षक मूल्यमा उपलब्ध रहेको बताए। उनका अनुसार ग्राहकका लागि किस्ताबन्दीमा सवारीसाधन खरिद गर्ने सुविधासमेत उपलब्ध छ।

कम्पनीका अनुसार अफरमा सहभागी ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दीमा नयाँ सवारीसाधन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

पुराना सवारीसाधनको मूल्यांकनदेखि नयाँ सवारीसाधन खरिदसम्म ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको कम्पनीले जनाएको छ। यसले पुरानो बाइक वा स्कुटर प्रयोग गरिरहेका ग्राहकलाई नयाँ प्रविधि र सुविधा सहितका टीभीएस सवारीसाधन खरिद गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.