प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, मोदीसँग द्विपक्षीय वार्ता गर्ने

80

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नोभेम्बर २२ (मंसिर ६) मा भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन्।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन नेपाल–भारतबीच द्विपक्षीय वार्ता समेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालय र भारतीय विदेश मन्त्रालयबीचको समन्वयमा भ्रमणको मिति तय गरिएको हो। कुनै आकस्मिक परिस्थिति उत्पन्न नभए प्रधानमन्त्री शाह मंसिर ६ गते भारत प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा नेपालले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारतसँग सहयोग माग्ने तयारी गरेको छ। विशेषगरी नेपालको क्रिकेट क्षेत्रको विकासमा भारतीय सहयोगबारे पनि छलफल हुने स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह र मोदीबीचको द्विपक्षीय भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षा, सीमा विवाद तथा दुई देशबीचको कनेक्टिभिटीका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। त्यस्तै ऊर्जा, व्यापार, पारवहन, खेलकुद र पूर्वाधार विकासका विषयमा पनि छलफल हुनेछ। नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई प्रवेश मार्गको विषय समेत वार्ताको एजेन्डामा रहेको छ

।

यसैबीच, भारतले जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणकै अवसर पारेर मंसिर ७ गते सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए। तर आन्तरिक व्यस्तताका कारण उनले तत्काल भ्रमण गर्न सकेका थिएनन्। हालै भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण र प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि भ्रमणको तयारीले गति लिएको हो।

Leave A Reply

Your email address will not be published.