मिर्चैयामा चोरको आतंक : किराना पसलमा आगजनी, १० लाख भन्दा बढीको क्षति

74

 

प्रतिनिधिमूलक तस्बिर-’

सिराहा । सिराहाको मिर्चैया नगरपालिका–१ मा छठ पर्व मनाउन परिवारसहित गाउँ गएको मौका छोपी अज्ञात समूहले घर तथा किराना पसलमा चोरी गरी आगजनी गरेको छ। आगलागीबाट १० लाख रुपैयाँ भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

मिर्चैया नगरपालिका–१ स्थित शौर्य सिमेन्ट उद्योगको पूर्वपट्टि रहेको रामकुमार महतोको घर तथा घरमै सञ्चालित किराना पसलमा चोरीपछि आगजनी गरिएको हो।

छठ पर्व मनाउन घरपरिवार गाउँ गएको अवस्थामा चोरहरू घर तथा पसलभित्र प्रवेश गरी सामान चोरी गरेपछि आगो लगाएर फरार भएको बताइएको छ। आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगो फैलिने क्रममा पसलमा रहेको ग्यास सिलिन्डर समेत विस्फोट भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घटनामा १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा चोरी र आगजनीको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.