महालक्ष्मी सहकारीको २६औँ साधारणसभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश

82

वीरगञ्ज, आनन्द पटेल ।

वीरगञ्ज स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
गीता मन्दिर रोडस्थित संस्थाको आफ्नै सहकारी भवनमा शुक्रबार सम्पन्न साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो।

संस्थाका कार्यवाहक अध्यक्ष अमर राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य मोहन रञ्जन प्रसाद प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष राजभण्डारीले संस्थाका सदस्यहरूलाई १५ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिए। त्यसैगरी ऋणी तथा बचतकर्ता सदस्यहरूलाई २९ लाख ३१ हजार रुपैयाँ संरक्षित पुँजी फिर्ता कोष वितरण गर्न सफल भएको उनले बताए।

संस्थाले २२ करोड रुपैयाँ पुँजी रहेको जानकारी दिँदै गीता मन्दिर रोडको उत्तरतर्फ पाँचतल्ले कार्यालय भवन निर्माण गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ। साथै, सदस्यहरूलाई प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउँदै आएको र विभिन्न सामाजिक कार्यमा समेत संस्थाले योगदान पुर्‍याउँदै आएको जानकारी गराइएको थियो।

कार्यक्रममा पर्सा बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष राजेश पण्डित प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संस्थाका शेयरधनी सदस्य डा. नन्द यादव, सदस्य सन्तोष सर्राफ, मोहन सोनार, रमेश कुशवाहा तथा ललन चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालन प्रबन्धक जितेन्द्र वर्माले गरेका थिए भने धन्यवाद ज्ञापन अधिवक्ता बालमुकुन्द खरेलले गरेका थिए।
साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि तथा सदस्यहरूलाई प्रदान गरिँदै आएका सेवाबारे जानकारी गराइएको थियो।।

वीरगञ्ज स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

गीता मन्दिर रोडस्थित संस्थाको आफ्नै सहकारी भवनमा शुक्रबार सम्पन्न साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो।

संस्थाका कार्यवाहक अध्यक्ष अमर राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य मोहन रञ्जन प्रसाद प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष राजभण्डारीले संस्थाका सदस्यहरूलाई १४ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिए। त्यसैगरी ऋणी तथा बचतकर्ता सदस्यहरूलाई २९ लाख ३१ हजार रुपैयाँ संरक्षित पुँजी फिर्ता कोष वितरण गर्न सफल भएको उनले बताए।

संस्थाले २२ करोड रुपैयाँ पुँजी रहेको जानकारी दिँदै गीता मन्दिर रोडको उत्तरतर्फ पाँचतल्ले कार्यालय भवन निर्माण गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ। साथै, सदस्यहरूलाई प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउँदै आएको र विभिन्न सामाजिक कार्यमा समेत संस्थाले योगदान पुर्‍याउँदै आएको जानकारी गराइएको थियो।

कार्यक्रममा पर्सा बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष राजेश पण्डित प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संस्थाका शेयरधनी सदस्य डा. नन्द यादव, सदस्य सन्तोष सर्राफ, मोहन सोनार, रमेश कुशवाहा तथा ललन चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालन प्रबन्धक जितेन्द्र वर्माले गरेका थिए भने धन्यवाद ज्ञापन अधिवक्ता बालमुकुन्द खरेलले गरेका थिए।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि तथा सदस्यहरूलाई प्रदान गरिँदै आएका सेवाबारे जानकारी गराइएको थियो।

Leave A Reply

Your email address will not be published.