बीरगंज लगायत आसपासका ठाउमा पानी परेसंगै गर्मीबाट राहत, किसानहरु खुशी
२५, बैशाख लामो समयदेखि पानीको हाहाकार भएको बेला मंगलबार एक्कासि पानी परेपछि किसानहरुलाई राहत भएको छ। पानीको अभावले किसानहरुले चैते धान रोप्नबाट बन्चित हुन लागेको बेला अचानक पानी पर्न थालेपछि किसानहरुमा खुशीको सिमा नै थिएन । ४२र४३ डिग्रीको गर्मीका कारण खेतमा लगाएको धानको बीउ समेत सुक्न लागेको अवस्थामा पानी पर्नासाथ धान रोप्न चटारो हुने किसान जयनारायण चौधरीले बताएका छन् । सबैले पानीको बिरिङ्ग पाइप लगाउने क्षमता नभएका कारण खेत यतिकै बाझो रहेको थियो । अब पानी परेपछि सबै किसानले धान रोप्न शुरु गर्ने बताए । मौसम एक्कासि परिवर्तन भएपछि पानी परेकाले चैते धान रोप्न किसानहरुलाई धेरै राहत भएको चौधरीले बताएका हुन । उनले भने चैते धान यतिखेर सबैले रोपिसक्नु पर्ने तर पानी नपरेकाले खेत यतिकै बाझो थियो अब बल्ल खेत रोप्न शुरु सार हुने बताए । बोरिङ जसको घरमा छ उसले पहिला नै धान रोपिसकेको अवस्था छ तर उनले भने सबैको घरमा बोरिङ नभएकाले खेत बाझौ रहेको थियो । गर्मीका कारण खेतमा लगाएको धानको बीउ समेत सुक्न लागेको थियो तर मंगलबार अचानक पानी पर्नासाथ किसानलाई धेरै राहत भएको उनले बताएका छन् ।