बैशाख २६, वीरगञ्ज । पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको छ । प्रहरीले भसांरछलीका ९० लाख ३७ हजार ९ सय १५ मूल्य बराबरको औषधी, कपडा , तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर–८ घन्टाघर चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना ६ ख ३८६९ नम्बरको ट्रकमा लोड रहेको ९० लाख ३७ हजार ९ सय १५ रुपैँया बराबरका कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर – १६ रजतजयन्ती चोकबाट चोरी पैठारी गरी भारतबाट ल्याउदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधीहरू करिब २ लाख ८७ हजार ५ सय रुपैँयाको बरामद गरेको प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए । पक्राउ परेका सामानहरु आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उपरीक्षक थापाले बताए ।