८१ लाख भन्दा बढिको मालसामान सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

354

बैशाख ३१, वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट ना ५ ख ३०२८ नम्बरको ट्रक सहित हार्डवेयर तथा खुद्रा सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बिल विजक भन्दा मालवाहक ट्रक सूचनाको आधारमा पर्सा प्रहरीले ८१ लाख ५६ हजार ९ सय ४३ रुपैया बराबरको हार्डवेयर तथा खुद्रा सामान रहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नावय उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइए थापाले बताए ।

Leave A Reply

Your email address will not be published.