भोजपुरी फिल्म ‘मेयर सिंह’ को टेलर रिलिज

455

८, जेष्ठ बीरगंज आनन्द पटेल
बीरगंज कै स्थानीय कलाकरहरुले अभिनय गरेको भोजपुरी फिल्म ‘मेयर सिंह‘ को टेलर मंगलबार पत्रकार सम्मेलन गरेर प्रदर्शन भएको छ । फिल्मका र्निमाता शिव प्रसाद कुमीर्को अध्यक्षतामा समपन्न भएको पत्रकार सम्मेलनमा भोजपुरी फिल्म मेयर सिंहको टेलर प्रदर्शन भएको हो ।

पत्रकार सम्मेलनमा फिल्म निर्माता शिव प्रसाद कुर्मी पटेलले फिल्मको बारेमा प्रकाश पारेका थिए । उनले बीरगंज कै स्थानीय कलाकार जीतु जीतेन्दर, प्रिती आर्या, अजमत अली, अजय पटेल लगायतलको मुख्य भुमिका रहेको बताए । फिल्ममा खासगरि बीरगंज महानगरपालिका मेयरले गरेका विकासको बारेमा देखाईएको फिल्म निर्माता कुर्मीले बताए ।

फिल्ममा जीतु जीतेन्दर मेयरको भुमिकामा छन भने अजमत अलि एउटा किशानको भुमिका निभाएका छन । यसैगरी भोजुरी टिकटक स्टार तथा नायिका प्रिती आर्याको पनि मुख्य भुमिका रहेको छ ।
फिल्ममा बीरगंजको अहिलेकोे वर्तमान अवस्थालाई देखाईएको छ ।

खासगरि स्थानिय सरकारले गरेको सफा बीरगंज, स्वास्थ्य सेवा, बीरगंजमा भएको सांस्कृती परिर्वतन लगाएतको बिषयहरु समेटिएको निर्माता कुर्मीले बताए । यो फिल्म ३५ लाख रुपैयाको बेटमा निर्माण गरिएको छ । फिल्मले दर्शकको मन जीत्नेमा आफुहरु ढुक्क रहेको नायक जीतु जीतेन्द्रले बताए ।

Anand Patel

उनले भने ‘ यस फिल्ममा सबै कलाकारहरु धेरै मिहिनेत गरेको र बीरगंज लगायतका ठाउँहरुको दृश्य बढी समेटीएको हुनाले एकपटक यो फिल्म हेर्न दर्शकलाई आग्रह गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , कोषा अध्यक्ष संजीव मिश्रा, समाजवादी प्रेश संगठनका अध्यक्ष सम्भु सुमन, चलचित्र पत्रकार महासंघका महासचिव सुर्य नारायण विक, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर , कलाकारहरु अजय पटेल, मुकेश पाण्डे लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार महासंघकी अध्यक्ष निलिमा पौडेलले गरेकी थिईन ।

Leave A Reply

Your email address will not be published.