उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले बुझायो बीमा प्राधिकरणलाइ ज्ञापन पत्र

366

२४ जेष्ठ, वीरगन्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्लाले बिमा प्राधिकरण मधेस प्रदेश मार्फत केन्द्रिय कार्यालय ललितपुरलाई ज्ञापनपत्र बुझाएको छ ।

पर्सा अध्यक्ष सुनिल श्रेष्ठको नेतुत्वमा गएको टोलिले बिमा प्राधिकरण मधेस प्रदेशका प्रमुख कुसुम शर्मालाई बिरगंजको आदर्शनगर स्थित उहाकै कार्यकक्षमै पुगि ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउने टोलिमा पर्सा उपाध्यक्ष अजित कुमार भुजेल , कोषाध्यक्ष रचेन्द्र सिंह थापा , सदस्य मनोज गुप्ता , राकेश सुबेदि , गजेन्द्र महतोको सहभागीता रहेको थियो ।

पछिल्लो समयमा उपभोक्ता हित संरक्षण मञ्चले सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.