शिक्षकलाई सवारीसाधन किन्न ८० प्रतिशतसम्म ब्याज सहुलियत प्रस्ताव

28

काठमाडौँ । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९एघारौँ संशोधन० नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।

यसैगरी, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु चार लाखसम्मको दुईपाङ्गे्र सवारीसाधन खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याजसरकारले सहुलियत स्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.