पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु, घाइतेको उपचार जारी

29

पोखरा । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका तर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि  बिहान ७ः४० बजे प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा सात जनाको उद्धार टोली खटिएको थियो। टोलीले बिहान ८ः४० बजेसम्म घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो।

दुर्घटनामा घाइते भएकाहरूको गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी अस्पतालमा उपचारका क्रममा बिहान ८ः३५ बजे तीन महिला र दुई पुरुष गरी पाँच जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा उद्धार कार्यमा खटिएका एक प्रहरी जवान समेत घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.