वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको उपराष्ट्रपति यादवको धारणा

326

जेठ २८, वीरगञ्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ, नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्युनकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताउनुभएको हो ।

जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चूनौति प्रति गम्भीर हुनुपर्ने उहाले बताउनुभयो । उहाले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो ।

उपराष्ट्रपति यादवले वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सवै निकायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.