क्रुर तरिकाले यातना दिएर पशु ढुवानी गर्दै ब्यापारी

336

जेठ ३१, वीरगञ्ज । पशु कल्याणको लागि एनिमल नेपाल नामक सँस्थाले बिहीबार वीरगञ्जमा पत्रकारसित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पर्सा र बारा जिल्लामा रहेका पश बजारबाट जिउदो पशुहरु ढुवानी गर्दा उनीहरुलाई क्रुर तरिकाले ढुवानी गर्ने गरिएको बारेमा अन्र्तक्रिया कार्यक्रममा जानकारी गराइएको थियो ।सँस्थाका पर्सा बारा फिल्ड सुपरभाईजर धर्मेन्द्र साहले कार्यक्रममा पशु ढुवानी गर्दा परवानीपुर र बाराको जितपुर बजारमा भेटिनरी पनि गर्ने गरिएको अचुवाको भरमा पशुहरुलाई काठमाडौंसम्म गर्ने गरिएको बताए ।

उनले पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार एउटा ट्रकमा बढी २० वटासम्म पशु ढुवानी गर्न सकिने भएपनि २४ वटा ठुलो पाडापडीहरुलाई कोचेर ढुवानी गर्ने गरिएको बताए ।बढीमा आठ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि ब्यापारी तथा ढुवानीकर्ताहरुले त्यस्तो नगर्ने गरेको साहले बताए ।

यसरी क्रुर तरिकाले यातना दिएर भई रहेको पशु ढुवानी रोक्नको लागि नेपाल प्रहरी,ट्राफिक प्रहरीसहित क्वारेन्टाईन कार्यालयहरुले पनि सहयोग गर्नुपर्ने उनले जिकिर गरेका थिए ।अन्र्तक्रिया कार्यक्रममा पत्रकारहरुले पशु ढुवानी गर्दा हुने क्रुर तरिका रोक्न तथा स्वच्छ मासुको लागि एनिमल नेपाल नामक सँस्थाले गरेको पहलको बारेमा आफनो जिज्ञासा राखेका थिए ।एनिमल नेपाल नामक सँस्था बिगत १५ बर्षदेखि नेपालमा पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.