असार ०४ वीरगञ्ज । समृद्धिको लागि वन कार्यक्रम अन्र्तगत आज वीरगंज २३ प्रसौनी बिर्तामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निजि तथा सार्वजनिक जग्गामा वृक्षारोपण तरिका तथा प्रकृयाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रसौनी निजी कृषि वन समुहका अध्यक्ष राकेश साहको अध्यक्षता एवं वडा नम्बर २३ का कार्यवाहक अध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएका हो । कार्यक्रममा वन बिज्ञ रामलखन यादव ,वन प्राबिधिक दशरथ रौनियारले वोट बिरुवाको महत्व संगै निजि र सार्वजनिक जग्गामा वृक्षारोपन गर्दा हुने आर्थिक लाभको बारेमा प्रष्ट पारेका थिए ।
उहाँहरुले बोट बिरुवा बाट शुद्ध अक्सिजन संगै दाउरा ,स्याउला सहित आर्थिक उर्पाजन समेत गरिने हुनाले सवैलाई अनिवार्य रुपमा वृक्षा रोपन गर्न सुझाव दिएका थिए । उहाँहरुले कुन ठाँउमा कस्तो खाले वृक्षारोपन गर्दा बढि लाभ लिनुको साथै वृक्षा रोपन गर्ने तरिका,गोडमेल र सुरक्षा गर्ने तरिकाबारे पनि सहभागिहरुलाई बताएका थिए ।
कार्यक्रममा वन समुहका उपाध्यक्ष बिजय पासवान, सचिव रामनाथ यादव,सचिव लक्ष्मी पराजुली,सदस्यहरु अमिका यादव, रबिन्द्र यादव, सोना देवी,रुषा पासवान लगायत २० जनाको सहभागिता थियो ।