सनसाइन इंग्लिश बोर्डिङ स्कुलको स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

394

आनन्द पटेल, आषाढ ७, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं १४ पिपरामा सञ्चालनमा रहेको सनसाइन इंग्लिश बोर्डिङ स्कुलले शुक्रबार विद्यार्थीहरूको स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

 

स्कुलकी प्रिन्सिपल कुमारी निधिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले स्वागत नृत्यबाट अतिथिहरुलाई स्वागत गरेका थिए ।

 

आज भएको कार्यक्रममा कक्षा एलकेजी देखी लिएर कक्षा ८ सम्मका विद्यार्थीहरुलाई क्लास मोनिटर बैच वितरण गरिएको थियो । यसैगरी क्लास डेकोरेशन कम्पीटिसनमा विजेता भएका कक्षा ६ र ७ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी स्कूल क्याप्टेन र हाउस क्याप्टेन छनोट भएका विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको थियो । साथै स्टुडेन्ट अफ दि मन्थ भएका कक्षा नर्सरी देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

 

यसका साथै यस वर्षको स्वर्गीय सत्यनारायण छात्रवृत्ति पुरस्कार कक्षा ७ का सञ्जित ठाकुरलाई प्रदान गरिएको छ । उनलाई प्रदान गरिएको छात्र वृत्तिमा उनले स्कूलमा कुनै पनि किसिमको शुल्क तिर्नु पर्ने छैन । यसका साथै कक्षा नर्सरीमा भर्ना भएका विद्यार्थीहरुलाई केक काटेर स्वागत गरिएको थियो ।

 

कार्यक्रममा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले विभिन्न प्रतियोगिताहरूमा विजयी भएका विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । उनले स्कूल क्याप्टेन छनोट भएका विद्यार्थीहरुलाई अनुशासन र कक्षाकोठालाई व्यवस्थित बनाएर जाने कुरामा ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे ।

 

कार्यक्रममा मिनिल्याण्ड स्कूलका डाइरेक्टरी सुरज बाबु पटेलले विद्यार्थीहरुले देखाएको प्रतिभालाई सराहना गरेका थिए । यसैगरी शिक्षक तथा समाज सेवी मदन पटेल, पर्सा क्रिकेट संघका सदस्य दिनेश मुखिया , प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, आवाज एफएमका मोहनलाल पण्डित, प्रतीक डेली समाचार अनलाइनका संचालक आनन्द पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा स्कूलका डाइरेक्टर अमित आलोकले सहभागी सबैलाई धन्यवाद ज्ञापन दिएका थिए । उनले स्कूलको भौतिक व्यवस्थापन देखि लिएर विद्यार्थीहरूको पठनपाठनमा समेत सुधार गरेर आफूहरु अगाडि बढ्दै गएको बताए । साथै कार्यक्रमलाई सफल पार्नमा मदत गरेका स्कूलका शिक्षक, शिक्षिका , अभिभावक लगायत सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन स्कूलका शिक्षक दीपक कुशवाहाले गरेका थिए । यति कम समयमा स्कुलले निकै राम्रै शिक्षा र अतिरिक्त क्रियाकलाप गरेकोमा अभिभावकहरू पनि खुशी जताएका छन ।

Leave A Reply

Your email address will not be published.