युवा नेता साहको लोकप्रियता बढदै पकाहाको प्रमुखमा चुनाव लडन् स्थानीयको दबाव

283

वीरगंज, भाद्र 10
पर्साको पकहामैनपुर गाउपालिका वडा नं। ४ मा शनिवार युवाहरुको भेला सम्पन्न भएको छ । युवा नेता एवं समाजसेवी अकलेश कुमार साहको नेतृत्वमा सम्पन्न भेलाले अगामी चुनाव बारे छलफल गरेको छ । भेलामा २०८४ मा हुने स्थानीय तहको चुनावबारे रणनीति तयार गर्ने तथा सल्लाह सुझाव लिएको थियो ।

भेलामा उपस्थित विभिन्न वडाका अगुवा तथा समाजसेवी, युवाहरुले युवा नेता अकलेश कुमार साहलाई नेतृत्वदायी भूमिकामा आउन आग्रह गरेका थिए । पालिकामा यसअघिका र वर्तमान पालिकाको प्रमुखबाट पालिकाको विकास नभएको र हुनेपनि सम्भावना नदेखिएकोले अबको चुनावमा युवा नेता साहलाई पालिका प्रमुखको जिम्मेवारी लिने गरी तयारी गर्ने आग्रह गरेका थिए ।
भेलामा उपस्थित अधिकांश स्थानीयहरुले पालिकाको विकासको लागि युवा नेताको आवश्यकता रहेकोले अबको चुनावमा निरन्तर पालिकाको विकासको लागि लडि रहने युवा नेता साहलाई पालिका प्रमुखको जिम्मेवारी लिन आग्रह गरेको थिए । उपस्थित अधिकांश स्थानीयहरुले पालिकामा साहको विकल्प नरहेको र उनले गरेको कामकारवाही प्रति पालिकावासी उत्साहित हुने गरेकोमा अबको चुनावमा उनको विकल्प नरहेको ठोकुवा समेत गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै युवा नेता साहले पालिकाको प्रमुख समस्या समाधान गर्दै समग्र विकास नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । साहले पालिकामा विद्यमान बेरोजगारी, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्ष्ँेत्रमा विकास गरी पर्सा जिल्ला मै पकहालाई नमूना पालिकाको रुपमा विकसित गर्ने र सोही अनुसार आफू काम गरिरहेको बताए ।

साहले प्रदेश सरकारको सहयोगबाट पालिकाको वडा नं। १ धोरेमा ४५ लाखको लागतमा सडक ढलान, वडा नं। ३ मैनपुरमा ४५ लाखको लागतमा सडक ढलान, वडा नं। ४ खेस्राहामा स्वास्थ्य चौकी स्तोनत्तरीको लागि ३५ लाख रुपैया विनियोजन गराई काम शुरु गरेको बताए ।

यस अघि साहले पालिकामा निःशुल्क रक्तदान, विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण, कोरोना कालमा निःशुल्क खाद्यान वितरण, विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्र्दै आएका छन् । साहले पालिकामा विद्यमान भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रम संचालन गरी पालिकाको भ्रष्टाचार उजागर गर्ने बताएका थिए । भेलामा पालिकाको ५ वटै वडाबाट करिब सय भन्दा बढी स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.